शनिबार, जेठ ५, २०८१

‘भूकम्पपछि बिमा मार्केटले अर्कै गति लियो’

नेपालखोज २०७८ असार १३ गते १९:४३

नयाँ कम्पनी आएपछि अनहेल्दी प्रतिस्पर्धा त हुन्छ नै ।

दीपप्रकाश पाण्डे बिमा क्षेत्रमा करिब २ दशकदेखि निरन्तर काम गरिरहेका छन् । अहिले उनी शिखर इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा कार्यरत छन् । शिखर इन्स्योरेन्स २०६१ मंसिर २ गतेदेखि सञ्चालनमा आएको हो । पाण्डे स्थापनाकालदेखि नै यस कम्पनीको सीईओ पदमा निरन्तर रहिआएका छन् । यहाँसम्म आइपुग्दा उनले शिखर इन्स्योरेन्सलाई एउटा उचाइमा पुर्‍याएका छन् । पाण्डे अहिले नेपाल बिमक संघको अध्यक्षको जिम्मेवारीमा पनि छन् ।
बिमा कम्पनीहरूलाई व्यावसायिक बनाउने, दक्ष जनशक्ति (म्यानपावर) को विकास गर्ने, बिमा कम्पनीमा लगानी बढाउने आदि अहिले प्रायः सबै उद्देश्य पूरा हुने क्रममा रहेको उनको भनाइ छ । ‘नेपालजस्तो देशमा ठूलो लगानी गर्नुहुन्न भन्ने सोच थियो हामीले ठूलो लगानी गरेर त्यो सोचमा सकारात्मक सन्देश दिने प्रयास गरेका छौं,’ उनले भने, ‘अहिले हाम्रो लगानी साढे ४ सयको हाराहारीमा पुगेको छ, जसबाट राज्यलाई वार्षीक ८०–९० करोड प्रत्यक्ष/अप्रत्यक्ष रुपमा कर बुझाइरहेका छौं ।’ अहिले शिखर इन्स्योरेन्सले देशभरका एक सय तीनवटा शाखा कार्यालयबाट ६५० जनाभन्दा बढी कर्मचारीको परिचालनबाट काम गरिरहेको छ । शिखरमा अहिले अप्रत्यक्ष रुपमा समेत गरी तीन लाखको हाराहारीमा उत्पादन र पोलिसी होल्डर छन् । ग्रुपमा हेर्ने हो भने ५/६ लाखलाई सपोर्ट गरिसकिएको छ ।
सीईओ दीपप्रकाश पाण्डेको कार्यक्षेत्र, शिखर इन्स्योरेन्सले अहिलेको अवस्थामा गरिरहेको काम, बिमा क्षेत्रमा अधिकांश नागरिकको आकर्षण नहुनुको कारण के हो ? लगायतका विविध विषयमा नेपालखोजका जगत भण्डारीले विशेष कुराकानी गरेका छन् ।

हाइलाइट्स :

– नेपालमा बिमाको अवस्था हिजोभन्दा आज राम्रो छ आजभन्दा भोलि राम्रो हुन्छ ।
– अहिले हाम्रो नेट वर्थ चार सयदेखि साढे चार सयको हाराहारीमा पुगेको छ ।
– हामीले इन्स्योरेन्स सेक्टरबाट सरकारलाई डाइरेक्ट इनडाइरेक्ट गरि ८०/९० करोड ट्याक्स बुझाइरहेका छौं ।
– मान्छेको आजको आवश्यकता नै पूरा भएको छैन भने भोलिको लागि सोच्दैन । सोहीकारण बिमा त्यति पपुलर हुन सकेको छैन ।
– मानिसको क्रयशक्ति नभएपछि बिमामा आकर्षण नहुनु स्वभाविकजस्तो लाग्छ मलाई ।
– भूकम्पपछि बिमा मार्केटले अर्कै गति लिएको छ ।
– यसपालि पहिलोपटक होला राज्यको पोलिसीमा बिमालाई आठ ठाउँमा छुवाइएको छ ।
– राज्यले अपरचुनिटी दिएको छ । हामीले कति क्यास गर्न सक्छौं त्यो भोलिको दिनमा थाहा हुन्छ ।
– अहिले सरकारले अति अपरचुनिटि दिएको छ । त्यति पाइसकेपछि पनि गभरमेन्टले गरेन भन्ने वातावरणचाहिँ हामीले बनाउनु हुँदैन ।
– पहिलो लहरको कोरोनामा वर्क फ्रम होमको अनुभव भएकाले दोस्रो लहरको कोरोनामा काम गर्न सहज भयो ।
– जबसम्म नयाँ कम्पनीहरु आउने क्रम भइराख्छ त्यो बेलासम्म मर्जरको बारेमा सोच्नु ठीक हुँदैन ।
– नयाँ कम्पनी आएपछि अनहेल्दी प्रतिस्पर्धा त हुन्छ नै ।
– मान्छेलाई परेका बेला गरेको छ/छैन ध्यान पुर्‍याउन सक्नुपर्छ । त्यसपछि बिजनेस भन्या आफैं ग्रो हुन्छ ।
– अहिले शिखर इन्स्योरेन्सले देशभरका १०३ वटा शाखा कार्यालयबाट ६५० जनाभन्दा बढी कर्मचारीको परिचालनबाट काम गरिरहेको छ ।
– शिखर इन्स्योरेन्समा अहिले अप्रत्यक्ष रुपमा समेत गरी तीन लाखको हाराहारीमा उत्पादन र पोलिसी होल्डर छन् । ग्रुपमा हेर्ने हो भने ५-६ लाख जनालाई सपोर्ट गरिसकिएको छ ।

‘बिमा क्षेत्रमा सकारात्मक संकेत देखिन थालेको छ’

प्रतिक्रिया