शनिबार, वैशाख १५, २०८१

सिटिजन्स बैंकद्वारा भिसा कन्ट्याक्टलेस कार्डको सुरुवात

नेपालखोज २०७७ माघ ८ गते २१:०९

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भिसा कन्ट्याक्टलेस कार्डको सुरुवात गरेको छ । बैंकले नियर फिल्ड कम्युनिकेसन (एनएफसी) मा आधारित उक्त कार्ड एनएफसीयुक्त अर्थात ट्याप सुविधा भएको पस मेसिनहरुमा प्रयोग गर्न सकिन्छ ।

यस प्रविधिमा मेसिनभित्र कार्ड नछिराई एउटा सिमित दुरीबाट पस मेसिनमा ट्याप मात्र गरि भुक्तानी गर्न सकिन्छ । यो प्रविधि सरल एवम सहज हुनुका साथै अहिलेको कोभिडको जोखिममा कसैसँग नछोइकन कारोबार गर्न सकिन्छ । राष्ट्र बैंकको नियमानुसार हाललाई यस प्रविधिबाटप्रति कारोबार २ हजार रुपैयाँसम्म बिना पिन कारोबार गर्न सकिने व्यवस्था मिलाइएको छ ।

बैकले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०७ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट करिव सात लाख ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्ना ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु डिजिटली पूर्ति गरिरहेको छ ।

यसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एण्ड वीथ ड्र सेवा, मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट नगरी घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनि गरेको छ ।

डिजिटल बैंकिङ्गलाई प्राथमिकता दिदै आएको सिटिजन्स बैंकले कार्ड, मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग सेवा निःशुल्क वितरण गर्दै आएको छ यस प्रकारको सेवाबाट डिजिटल बैंकिङ्ग सभ्यताको विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया