आजको मौसमः पश्चिम तराईमा बाक्लो हुस्सु

नेपालखोज २०७७ माघ ९ गते ८:५२

काठमाडाैं । आज बिहान (शुक्रबार) काठमाडाैं सहित देशका धेरैजसो ठाउँमा हुस्सु र कुहिरो लागेको छ।

मौसम पूर्वानुमान महाशाखा अनुसार काठमाडाैं उपत्यकासहित पहाडी जिल्लामा बिस्तारै मौसम खुल्दै जाने र दिउँसो घाम लाग्ने छ।

आज पश्चिम तराईका जिल्लामा मौसम खुल्ने सम्भावना भने कम छ । पश्चिम तराईमा दिनभरि नै बाक्लो कुहिरो र हुस्सु लाग्ने सम्भावना रहेको महाशाखाले बताएकाे छ ।

आज पनि देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुनेछ । मौसम बद्ली भए पनि पानी पर्ने सम्भावना भने तत्काललाई नरहेको महाशाखाले बताएकाे छ ।

प्रतिक्रिया