शनिबार, माघ १२, २०८१

प्रधानमन्त्री ओलीबाट व्यक्तिगत प्रहार भयो : रेणु दाहाल

नेपालखोज २०७७ माघ ९ गते ११:२१

काठमाडौं । भरतपुर महानगरकी मेयर रेनु दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो परिवारप्रति पटक–पटक व्यक्तिगत प्रहार गरेको भन्दै आक्रोश पोखेका छन् ।

Advertisement

मेयर दाहालले प्रधानमन्त्री ओलीले आफ्नो परिवारप्रति पटक–पटक गरेको व्यक्तिगत प्रहार गरी राजनैतिक हिंसा गरेको आरोप लगाएकी हुन् ।

प्रधानमन्त्री ओलीले बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना छोरी–ज्वाइँका लागि मात्रै काम गरेको आरोप लगाएका थिए ।

‘व्यक्तिगत स्वार्थमा कहिल्यै लागिएन, सेवामा समर्पित हुनु कमजोरी हो ? नकी अरुको जस्तो बाले राजनीति गर्ने र छोराछोरीले फाइदा लिएर लुट्नु पर्ने हो ?’ उनले भनेकी छन्– ‘तपाईंले जन्माएका छोराछोरी छैनन् भन्दैमा फेरि तपाईंले के आफ्नो गुट आसेपासे र साइबर सेनामा भर्ति भएकालाई भन्दा बढ्ता कसलाई के गर्नु भएको छ ? अति भो महाराज ।’

प्रतिक्रिया