नेपालमा थप ४० लाख डोज कोरोना खोप आवश्यक
नेपालखोज
२०७७ माघ ९ गते ११:३६

काठमाडौं । नेपाललाई थप ४० लाख डोज कोरोना खोप आवश्यक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपाललाई थप ४० लाख डोज खोप आवश्यक भएको बताएका हुन् । बिहीबार भारत सरकारको सहयोगमा १० लाख डोज कोरोना खोप एयर इन्डियाको विमानमार्फत् नेपाल आइसकेको छ ।
पहिलो चरणमा भारत सरकारको सहयोगमा प्राप्त भएको उक्त खोप अभियान केही दिनमै सञ्चालन हुने प्रवक्ता गौतमको दाबी छ । पहिलो चरणमा खोप अभियान सातै प्रदेशमा कोरोना भाइरसको नियन्त्रणमा खटिने फ्रन्टलाइनरका चिकित्सक ,स्वास्थ्यकर्मी, सरसफाकर्मी, शव व्यवस्था गर्नेलगायतका व्यक्तिहरुबाट शुरु गरिने छ । कुल जनसंख्याको ७२ प्रतिशत व्यक्तिहरुलाइ कोरोना खोप लगाउने सरकारी योजना भएपनि पहिलो चरणको खोप ३ प्रतिशत नेपालीहरुले मात्रै पाउने मन्त्रालयले बताएको छ ।
सम्बन्धित

प्रतिक्रिया