बिहीबार, चैत १५, २०८०

नेप्से २३ सय ७४ अंकमा पुग्दा ३४ अर्ब १६ करोडको कारोवार

नेपालखोज २०७७ माघ ९ गते ११:५९

काठमाडौं । यो साता नेप्से सुचक तथा कारोवार रकम दुबैले नयाँ रेर्कड कायम गरेका छन् । नेप्सेको नियमित कारोवार कक्ष पाँच दिन नै खुल्ला रहेकोमा तेस्रो दिन नेप्से सामान्यरुपमा घटेपनि बाँकी दिनहरुमा नेप्से सुचक तथा कारोवार रकम दुबै नै उच्च अंकले बढेका थिए । सोही आधारमा यो साता नेप्से बढेर २४ सय अंकको नजिक पुगेको छ भने कारोवार रकम ३४ अर्ब रुपैयाँ नाघेको छ ।

तथ्यांकगतरुपमा भन्नुपर्दा यो साता नेप्से २३ सय ७४ दसमलव ६४ अंकमा पुगेर रोकिंदा सेन्सिटिभ इन्डेक्स पनि चार सय ४५ दसमलव ५९ अंकमा पुगेर रोकिएको छ । नेप्सेमा यो साता दुई सय ११ वटा कम्पनीहरुको दुई लाख ७३ हजार ६३ पटकको कारोवारमा आठ करोड नौ लाख २४ हजार छ सय ९९ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कुल कारोवार रकम ३४ अर्ब १६ करोड ५८ लाख ६६ हजार दुई सय ५६ रुपैयाँ पुगेको थियो । गत साता भने नेप्सेमा दुई सय आठ वटा कम्पनीहरुको दुई लाख एक हजार सात सय ४३ पटकको कारोवारमा पाँच करोड ५४ लाख १२ हजार छ सय ९५ कित्ता सेयर खरिद बिक्री भएको थियो । उक्त परिमाणमा सेयर खरिद बिक्री हुँदा कुल कारोवार रकम २२ अर्ब ७४ करोड ८२ लाख ६० हजार नौ सय ५७ रुपैयाँ पुगेको थियो ।

यो साता पाँच कार्य दिन नै नेप्से खुलेको भएपनि तेस्रो दिन नेप्से सामान्यरुपमा घटेको भएपनि बाँकी दिनहरुमा भने नेप्से उच्च अंकले बढेको थियो । सोही आधारमा पहिलो दिन २८ दसमलव ४६ अंकले बढेर २३ सय १५ अंकमा पुगेको नेप्से अन्तिम कारोवार दिन ३१ दसमलव ८७ अंकले बढेर २३ सय ७४ दसमलव ६४ अंकमा पुगेको थियो । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पहिलो दिन आठ दसमलव १७ अंकले बढेर चार सय ४३ दसमलव ४२ अंकमा रहेकोमा अन्तिम कारोवार दिन दुई दसमलव एक अंकले बढेर चार सय ४५ दसमलव ५९ अंकमा पुगेको थियो ।

यो साता नेपाल पुर्नबीमा कम्पनी, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, प्रभु बैंक, लगायतका कम्पनीहरुको बढी रकम कारोवार भएकाछन भने सेयर कारोवार भएको संख्याको आधारमा पनि यिनै कम्पनीहरु अगाडि परेकाछन । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक अगाडि परेको छ ।

प्रतिक्रिया