शुक्रबार, चैत १६, २०८०

आफैँले बोकेको बन्दुक पड्किँदा पाल्पामा एक बालकको मृत्यु

नेपालखोज २०७७ माघ ९ गते १३:५७

पाल्पा । जङ्गलमा रतुवा मृग मार्ने क्रममा आफैँले बोकेको बन्दुक पड्किँदा पाल्पामा एक बालकको मृत्यु भएको छ ।

साथीलाई दिने क्रममा बन्दुक पड्किँदा रिब्दीकोट गाउँपालिका-८ का १३ वर्षका लक्ष्मण छहारीको ज्यान गएको हो । प्रहरीकाअनुसार उनी दानसिङ डाँडाको चिलाउने पानी सामुदायिक वनमा चार जना साथीसहित सिकार गर्न गएका थिए ।

उनका साथीहरु रैनादेवी छहरा गाउँपालिका-४ का १७ वर्षका ज्ञानबहादुर गाहा, १४ वर्षका कमल राना र रिब्दीकोट गाउँपालिका-८ का १३ वर्षका देवबहादुर गाहालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया