शनिबार, वैशाख ८, २०८१

चिर्पटले हानी आमाको हत्या

नेपालखोज २०७७ माघ ९ गते १६:४८

तनहुँ । आमाको हत्या गरेको अभियोगमा एकजनालाई तनहुँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।


आफ्नै आमा ७२ वर्षीया लक्ष्मी दरैको हत्या गरेको अभियोगमा ब्यास नगरपालिका–११ दरैपधेरोका ३३ वर्षीय प्रेम दरैलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरेका प्रेमले काठको दाउराले प्रहार गर्दा आमा लक्ष्मीको घटनास्थलमै मृत्यु भएको खबर छ । प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले दरैलाई पक्राउ गरेको जानकारी दिएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया