स्वर्गद्धारी नगरपालिकाको कामकाज ठप्प
प्यूठान । कर्मचारीमाथी हातपात भएको भन्दै स्वर्गद्धारी नगरपालिका भिंगृ प्यूठानले कामकाज ठप्प भएको छ । नगरपालिकामा कार्यरत प्रशासन तथा योजना अधिकृत पुरन चन्द्र आचार्यमाथी हातपात भएको भन्दै कर्मचारीले कामकाज ठप्प पारिएका छन् ।
बिहीबार बिहान कार्यालय समयभित्रै स्वर्गद्वारी नगरपालिका ७ का अध्यक्ष टेकबहादुर भट्टराई र वडा नम्बर ४ निवासी गणेशमान कालाथोकीले आफूमाथि हातपात गरेको नगरपालिकाका कर्मचारीद्वारा जारी विज्ञप्तीमार्फत उल्लेख गरिएको छ ।
कार्यरत करीब तीन दर्जन कर्मचारीहरुले संयुक्त हस्ताक्षर गरी नगरपालिका र मातहतका कार्यालयहरुबाट प्रवाह गरिने सेवा ठप्प पारिएको जानकारी गराएका छन् । घटनाको सत्यतथ्य छानबिन गरी पीडितलाई न्याय , दोषीलाई कारबाही र कर्मचारीहरुको सुरक्षाको प्रत्याभूति नहुँदासम्म अत्यावश्यक बाहेकका सेवा ठप्प पारेको उनीहरुले बताएका छन्।
घटनाको नेपाल निजामती कर्मचारी संगठन प्यूठानले पनि विरोध जनाएको छ । नगरपालिकामा यसअघि पनि पटक पटक झै-झगडा हुने गरेको थियो ।
![](https://i0.wp.com/www.prasashan.com/wp-content/uploads/2021/01/press_20210122071355.png?resize=720%2C867&ssl=1)
प्रतिक्रिया