प्रधानमन्त्री कप : वाग्मतीसँग प्रदेश दुई ६ विकेटले पराजित
नेपालखोज
२०७७ माघ ९ गते १८:३७
काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा वाग्मती प्रदेशले प्रदेश दुईलाई ६ विकेटले पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा प्रदेश दुईले दिएको एक सय ८० रनको लक्ष्य वाग्मतीले ४८ ओभर २ बलमा चार विकेटको क्षतिमा भेट्याएको हो ।
वाग्मतीको जितमा पृथु बाँस्कोटाले ५३ रनको अर्धशतकीय पारी खेल्दा विभत्सु थापाले ४७ र आकाश थापाले ३२ रनको योगदान गरे । प्रदेश दुईका लागि हरिशङ्कर शाहले दुई विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश दुई ४८ ओभर दुई बलमा अलआउट भयो । प्रदेश दुईका लागि विवके राईले ६६ रन बनाए । वाग्मतीका लागि गौतम केसी एक्लैले चार विकेट लिए ।
यो जितसँगै समूह ‘बी’ मा रहेको वाग्मती ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
सम्बन्धित
प्रतिक्रिया