सडकबाटै बाघले बटुवालाई घिसारेर जंगल छिरेपछि…

पर्सा । बाघले एक जन अधवैंशे बटुवालाई घिसारेर लगेको आशंकामा पर्सा राष्ट्रिय निकुञ्जमा प्रहरी, नेपाली सेना र निकुञ्जको टोली परिचालन गरिएको छ ।
शनिबार बिहान ८ बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत अमलेखगञ्ज–पथलैया सडकखण्डबाट बाघले बटुवालाई घिसारेर लगेको खबर पाएपछि खोजीका लागि प्रहरी, नेपाली सेना र निकुञ्जको टोली परिचालन गरिएको पर्सा राष्ट्रिय निकुञ्जले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक गौतम मिश्रका अनुसार बिहान ती बटुवा पिसाब फेर्न पूर्व–पश्चिम राजमार्ग छेउको आधाभार जंगल छिरेका थिए । त्यसक्रममा उनलाई बाघले घिसारेर लगेको भनी एक महिलाले प्रहरीलाई सूचना दिएकी थिइन् ।
ती महिलालाई उद्धृत गर्दै प्रहरी नायब उपरीक्षक मिश्रले भने–‘पर्साकी ती महिलाले बाघले आक्रमण गरी घिसारेर जंगलतर्फ लगेको भनी हुलियासहित विवरण दिएपछि खोजी थालिएको हो ।’
चार वटा हात्तीसहित सेना, निकुञ्ज र प्रहरीको टोलीले खोजी गरिरहे पनि अहिलेसम्म फेला पार्न नसकेको उनले बताए ।
प्रतिक्रिया