शनिबारदेखि सहिद सप्ताह शुरु
काठमाडौं । काठमाडौंको टेकु पचलीस्थित शहिद शुक्रराज शास्त्रीको शालिकमा श्रद्धाञ्जली अर्पण गर्दै सहिद सप्ताह शुरु गरिएको छ ।
शनिबार सहिद शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिइएको स्थानमा उनको शालिकमा माल्यापर्ण तथा श्रद्धाञ्जली सभा गर्दै यस वर्षको सहिद सप्ताहको सुरुवात गरिएको छ । हरेक वर्ष काठमाडौं महानगरपालिकाले सहिद सप्ताह मनाउने गरेको छ ।
शुक्रराज शास्त्री जहाँनिया राणा शासनको विरुद्द लड्ने चार सहिदमध्ये एक हुनुहुन्छ । सहिद सप्ताहका बाँकी कार्यक्रमहरुमा माघ १३ गतेसहिद धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थान सिफलमा, माघ १५ गते गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थान शोभा भगवतीमा श्रद्धाञ्जली सभा हुनेछ ।
माघ १६ गते शान्तिबाटिकाबाट प्रभात फेरी निकालेर सहिद स्मारक लैनचौर पुगेर सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जली सभा हुने काठमाडौं महानगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया