बिहीबार, चैत १५, २०८०

आज आइतबार सूर्यदेवको पूजा आराधना गर्नुहोस फलिफाप हुनेछ

नेपालखोज २०७७ माघ ११ गते ५:००

सूर्यलाई सवै ग्रहको राजा मानिएको छ । भविष्य पुराणका अनुसार सूर्य भगवानको पूर्जा अर्चना गर्ने विशेष दिन आइतबार हो । कहिलेकाहिँ धेरै मेहनत गर्दा पनि सफलता हात पार्न सकिँदैन । यसको एउटा कारण हाम्रो कुण्डली र ग्रहको अशुभ स्थिति पनि हुन सक्छ । कुण्डलीमा सूर्यको शुभ–अशुभ स्थितिको राम्रो या नराम्रो असर हाम्रो बुद्धिमा पर्दछ ।

सूर्यको शुभ स्थितिले हामीलाई समाजमा मान सम्मान पनि प्राप्त गराउँछ । यदि हाम्रो कुण्डलीमा कुनै दोष भए सूर्यदेवको आराधनाले त्यसलाई पनि कटाउँछ । सूर्य भगवानबाट शुभ फल प्राप्त गर्नका लागि यसरी सूर्यदेवको पूजा अर्चना गर्नुहोस्, सँधै शुभ–शुभ हुनेछ ।

सूर्य मन्त्र पढ्दै जल चढाउने विधि
आइतबार बिहानै उठेर नुहाइसकेपछि सूर्य भगवानलाई जल अर्पण गर्नुहोस । यसका लागि तामाको लोटामा पानी, चामल तथा फूल हालेर सूर्यदेवलाई अर्घ्य दिनुपर्छ ।

अर्घ्य दिँदा यो मन्त्र पढ्दै दिनुहोस्
नमामि देवदेवशं भूतभावनमव्ययम्। दिवाकरं रविं भानुं मार्तण्डं भास्करं भगम्।।
इन्द्रं विष्णुं हरिं हंसमर्कं लोकगुरुं विभुम्। त्रिनेत्रं त्र्यक्षरं त्र्यङ्गं त्रिमूर्तिं त्रिगतिं शुभम्।।

प्रतिक्रिया