आजको मौसमः हिमाली भू-भागका केही स्थानमा हिमपात
नेपालखोज
२०७७ माघ ११ गते ८:२९

काठमाडाैं । मौसम पूर्वानुमान महाशाखाले आज देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार आज बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतय सफा रहेको छ ।
यसैगरी, दिउँसो देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहि बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ। भने, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश न. १ को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
त्यस्तै, राति देशका पहाडी भूभागहरूमा आंशिक बदली रहि बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ। भने, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश न १ को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
सम्बन्धित

प्रतिक्रिया