भक्तपुरमा ३३ वर्षीया महिलालाई बलात्कार गर्ने बोहोरा पक्राउ

नेपालखोज २०७७ माघ ११ गते १२:५५

काठमाडौं । भक्तपुरमा ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मध्यपुर ठिमी नगरपालिका ३ डेरा गरी बस्ने रामेछाप मन्थली नगरपालिका १० घर भएका ५१ वर्षीय भरत बोहोरालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । भरतले ती महिलालाई माघ २ गते उनकै कोठामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले रामेछाप मन्थलीबाट उनलाई पक्राउ गरेको हो ।

म्याग्दीमा पनि ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धौलागिरी गाउँपालिका ७ खिवाङ स्थायी वतन भई मालिका गाउँपालिका १ निस्कोट बस्ने ३३ वर्षीय कृष्ण बहादुर बिकलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । कृष्ण बहादुरले ती बालिकालाई यही शुक्रबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया