मुख्यमन्त्री राईले किन रोजे आफूभन्दा २६ वर्ष कान्छी श्रीमती
काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आफूभन्दा २६ वर्ष कान्छीसँग आज लगनगाँठो कसेका छन् । ४९ वर्षका मुख्यमन्त्री राईले २६ वर्षीया मोडल जाङ्मु शेर्पासँग लगनगाँठो कसेका हुन् ।
मुख्यमन्त्री राईको अहिले काठमाडौंको एक पार्टी प्यालेसमा लगनगाँठो कसिदै छ । उनले आफूभन्दा निकै कम उमेरकी युवतीसँग लगनगाँठो कसेपछि उनको विवाहलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेको छ ।
केही समयदेखि प्रेमसम्बन्धमा रहेका मुख्यमन्त्री राई र शेर्पाले प्रेमलाई विवाहमा परिणत गरेका हुन् । कोरोनाका कारण मुख्यमन्त्रीको विवाहमा थोरै संख्यामा जन्ती लगिएको छ । दुई पक्षका गरी करिब ३५–४० जना मात्रै विवाहमा सहभागी छन् ।
आफ्नो समुदायको परम्परागत पोशाकमा सजिएका राई करिब ११ बजेतिर समारोहस्थलमा प्रवेश गरेका थिए । पर्यटनमन्त्री भानुभक्त ढकाल लगायत नेकपाका केही नेताहरु उनीसँग देखिएका थिए । विवाहपछि आजै बेलुकी रिसेप्सन आयोजना गरिँदै छ । रिसेप्सनमा भने राष्ट्रपति, प्रधानमन्त्रीलगायत भीआइपीहरुलाई पनि निम्ता रहेको छ ।
प्रतिक्रिया