शुक्रबार, वैशाख १४, २०८१

दशैमा विरामीले के खाने के नखाने

नेपालखोज २०७६ असोज १९ गते २०:०१

नेपालीहरुको महान चाड दशै । यो विशेष पर्वका अवसरमा आफन्त सवै एकै ठाउँमा बसेर रमाईलो गर्ने, खानपान गर्ने र बर्षभरीको आफ्न सुखदुख साटासाट गर्ने पर्वका रुपमा लिने गरिन्छ ।
दशैंको समयमा प्रत्येक भान्छामा विभिन्न खालका स्वादिष्ट भोजनहरु पनि तयार भएको हुन्छ । यस्तो अवस्थामा विरामी वा कुनै रोग देखिएका व्यक्तिहरुले खानपानमा निकै नै ख्याल गर्नु पर्ने हुन्छ । त्यसैले कस्तो विरामीले के खाने वा नखाने भन्ने जानकारी गराएका छौं ।

  मधुमेह :

मधुमेहका विरामीहरुका लागि कार्बोहाइड्रेटयुक्त खानेकुरा लाभदायी हुँदैन । भात, आलु, गुलिया खानेकुरामा कार्बोहाइड्रट धेरै हुन्छ । त्यसैगरी धेरै क्यालोरी दिने खाना पनि मधुमेहका रोगीका लागि स्वस्थकर हुँदैन । कोल्ड ड्रिंक्स र अल्कोहल सेवन गर्नुहुँदैन । छाला र बोसो हटाएर दैनिक ३/४ पिस मासु (हप्ताको २/३ दिन मात्र) खाँदा असर नगर्ने भए पनि तारेको, भुटेको र बोसोयुक्त मासु राम्रो हुँदैन ।

युरीक एसिड :

गेडागुडि, दाल, माछामासु, अण्डा जस्ता प्रोटिनयुक्त खानाले युरीक एसिडका विरामीलाई फाइदा गर्दैन । यो रोगका विरामीले पानी प्रशस्त पिउनु पर्छ । मसलायुक्त खानाले खासै असर गर्दैन ।

 हृदयघात:

हृदयघातका रोगीलाई हरिया सागसब्जी र फलफुलको सेवनले लाभ गर्छ । तर तारेको, भुटेको खाना भने पूर्ण रुपमा बर्जित जस्तै छ । चिल्लो, बोसोयुक्त, मसलेदार र बढी नुनिलो खाना पनि खानुहुँदैन । जंक फुडमा प्राय नुन बढी हुन्छ, जसले रक्तचाप वृद्धि गर्छ । त्यसैले जंक फुड पनि हृदयघातमा विष समान हुन्छ ।

दम :

दमका रोगिहरुले चिसोबाट बच्नुपर्छ । दशैंमा प्राय फ्रिजमा राखिएका खानेकुरा बढि सेवन गरिन्छ । दमका रोगिहरुले फ्रिजमा राखिएका चिसा खानेकुरा खानु हुँदैन । साथै धुमपान पनि हानिकारक नै हुन्छ ।

कब्जियत:

कब्जियतका रोगिहरुले प्रोटिनयुक्त खानेकुरा कम खानुपर्छ । हरिया सागसब्जी र पानी प्रशस्त सेवन गर्नुपर्छ । स्याउ, अम्बा जस्ता बोक्रासहित खान मिल्ने फलफुल बोक्रा नतासी खाँदा कब्जियतको रोगिका लागि फाइदाजनक हुन्छ ।

उच्च रक्तचाप :

उच्च रक्तचाप भएकाहरुले नुन धेरै कम मात्र खानुपर्छ । धुमपान गर्नुहुँदैन । हरिया सागसब्जी र फलफुल प्रशस्त खानुपर्छ भने चिल्लो, तारेको, भुटेको खाना सकेसम्म कम गर्नुपर्छ ।

कलेजो र पेट :

कलेजो र पेटसम्बन्धि रोग हुनेहरुले प्रोटिनयुक्त खानेकुरा कम खाने गर्नुपर्छ । दिनमा ३० ग्रामभन्दा बढि प्रोटिन (३/४ पिस मासु) भएको खाना खानुहुँदैन । चिया, कफि, मसला र बासो/चिल्लो भएको खाना कलोजो र पेटका रोगिका लागि हानीकारक हुन्छ । धुमपान र मदिरापान पनि गर्नुहुँदैन ।

प्रतिक्रिया