बुधबार, माघ २, २०८१

प्रधानमन्त्रीको विषय उठेपछि प्रधानन्यायाधीशले भने- न्यायालय बाहिरी कुराबाट प्रभावित हुँदैन

नेपालखोज २०७७ माघ ११ गते १४:३६

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बाहिरी कुराबाट न्यायालय प्रभावित नहुने प्रष्ट्याएका छन् ।

Advertisement

प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि जारी आजको सुनुवाइमा सुरूमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायपालिकालाई प्रभावित पार्न खोजेको बताए ।

जवाफमा प्रधानन्यायाधीश जबराले अदालत कोही कसैबाट प्रभावित नहुने भन्दै सुनुवाइ अघि बढाउन रूलिङ गरे ।

प्रधानमन्त्रीले रिटमाथि न्यायालयमा बहस गर्न गएका कानुन व्यवसायीलाई ‘तमासा देखाउन गएको’ भनेर टिप्पणी गरेर न्यायालयको मानहानी भएको अधिवक्ता त्रिपाठीले दाबी गरे ।

लगत्तै प्रधानन्यायाधीश जबराले प्रधानमन्त्रीले मात्र नभई पूर्वप्रधानमन्त्रीहरुले बोलेका कुराहरू पनि न्यायालयको गरिमाविपरीत रहेको जिकिर गर्दै तत्काल बजारका त्यस्ता कुराहरुमाथि आफूहरु केन्द्रित नहुने प्रस्ट पारे ।

‘अहिलेका पूर्वका सबैका कुरा सुन्ने हो भने सबैलाई ल्याउनुपर्ने स्थिति हुन्छ । बजारमा आएका हल्लाका भरमा जाने हो भने क–कसलाई जम्मा गरेर साध्य हुन्छ रु कसले के गरे, कसले के भने भन्नेतिर नजाऊँ,’ उनले भने ।

उनले प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटहरुमाथि केन्द्रित रहेर यस विषयलाई छिटो टुङ्ग्याउँदै मुलुकलाई निकास दिनु अहिलेको प्राथमिकता रहेको बताए ।

प्रतिक्रिया