शुक्रबार, चैत १६, २०८०

अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा प्रधानमन्त्री ओलीविरुद्ध निवेदन पेस

नेपालखोज २०७७ माघ ११ गते १५:५२

काठमाडौं । सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलनाको निवेदन पेस भएको छ । ओलीमाथि कानुन व्यवसायीमाथि जथाभावी बोलेको र अदालतमा विचाराधीन विषय प्रभावित पार्न खोजेको भन्दै कारबाहीको मागसहित आइतबार वरिष्ठ अधिवक्ता कुमार शर्माले निवेदन पेस गरेका हुन् ।

प्रधानमन्त्री ओलीले केही दिनअघि बाजे वकिल भनी वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीमाथि व्यंग्य गरेका थिए ।

प्रतिक्रिया