शनिबार, फागुन ३, २०८१

वैशाखदेखि भीमफेदी कुलेखानी सुरुङमार्ग निर्माण वैशाखबाट सुरु गर्ने

नेपालखोज २०७६ फागुन २८ गते १०:११

हेटौंडा । निजी क्षेत्रको कम्पनी नेपाल पूर्वाधार विकास कम्पनीले निर्माण गर्ने भनिएको भीमफेदी–कुलेखानी सुरुङमार्गको काम अब बाग्मती प्रदेश सरकारले २०७७ वैशाखबाट सुरु गर्ने भएको छ ।

Advertisement

प्रदेश सरकारले पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्ग नामकरण गरेर यसको निर्माणको तयारी थालेको दुई वर्ष भइसकेको छ । बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले भीमफेदी गाउँपालिका पुगेर सुरुङमार्ग निर्माण स्थलको निरीक्षण गर्दै वैशाखबाट निर्माण सुरु हुने बताएका हुन् ।

अहिले प्राविधिक अध्ययनको काम भइरहेको उल्लेख गर्दै मन्त्री फुँयालले कुनै न कुनै हिसाबबाट २०७७ वैशाख १ गतेबाट सुरुङमार्गको काम सुरु गर्नेगरी मन्त्रालयले काम गरिरहेको बताए ।

सुरुङमार्गको दक्षिणतर्फको प्रवेशद्वार भीमफेदीको कोलडाँडाको फेदीमा पुगेर मन्त्री फुयाँलले प्राविधिक अध्ययन गरिरहेको टोलीसँग कामबारे जानकारी लिएका छन् ।

प्राविधिक टोलीका इन्जिनियरिङ भू–गर्भशास्त्री ईश्वर दाहालले सुरुङमार्गको डीपीआर तयार गर्नका लागि भइरहेको प्राविधिक अध्ययनबारे जानकारी गराएका थिए ।

भूगर्भशास्त्री दाहालले सुरुङमार्गको ५० प्रतिशत प्राविधिक अध्ययन गरी सकाएको बताए । भीमफेदीदेखि कुलेखानीसम्म ३.२ सय १५ किलोमिटर सुरुङ निर्माण हुनेछ ।

डेढ महिनाभित्र सुरुङमार्गको डीपीआर तयार हुने दाहालले बताए । भूगर्भशास्त्री दाहालका अनुसार टोपोग्राफिक सर्भे, जियोलोजिकल म्यापिङ सर्भे, ड्रोन सर्भे भइरहेको छ ।

प्रतिक्रिया