शुक्रबार, वैशाख ७, २०८१

अन्तत्वगत्वा प्रहरी नै बलात्कारी निस्किए

नेपालखोज २०७७ माघ ११ गते १५:५९

बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिकाबाट सामुहिक बलात्कारमा संलग्न चारमध्ये दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरु माथि बलात्कार र नग्न फोटो सार्वजनिक गरेको आरोप छ । पक्राउपर्ने दुईमध्ये एक जना प्रहरी जवानसमेत रहेका छन् ।

सो घटनामा कपिलबस्तु नगरपलिका बाणगंगा निवासी ट्राफिक प्रहरीका जवान विशाल शर्मा सहित सोही गाउँका गुरुचरण चौधरीलाई पक्राउ गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

गत महिनाको कार्तिक २३ गते दुईजना दिदी बहिनीसँगै बसेको बेला एक जनामाथि चार जनाको समूहले सामुहिक बलात्कार गरेका थिए। बलात्कारीहरुले अबला नारीमाथि बलात्कार गरी नग्न फोटो समेत खिचेका थिए ।

यो कञ्चन गाउँपालिका ४ भैसाहीमा सोही रात करिब साँडे ८ बझेको घटना थियो ।


सो घटनामा संलग्न चारजना विरुद्ध जाहेरी परेको थियो । आरोपी चार मध्ये दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रविण पोखरेलले जानकारी दिएका छन् ।

यसरी प्रहरी नै घटनामा सामेल निस्किएपछि महिलाको सुरक्षा कसले गर्ने भन्ने प्रश्न खडा भएको छ ।

प्रतिक्रिया