आइतबार, वैशाख ३०, २०८१

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लिए शपथ

नेपालखोज २०८० भदौ २२ गते १९:१३

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।प्रदेश प्रमुख पर्शुराम खापुङबाट उनले पद तथा शपथ लिएका हुन् ।

सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

पहिलो दिन नै तीनजना मन्त्री र एक राज्यमन्त्री नियुक्त भएका छन् । एमाले सांसद तिलकुमार मेन्याङ्बो खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री बनेका छन् । एकराज कार्की भौतिक पूर्वाधार र पाँचकर्ण राई वन तथा वातारण मन्त्री बनेका छन् । एमालेकी सचेतक सिर्जना राई समाजिक विकास राज्यमन्त्री बनाउने निर्णय भएको जनाइएकाे छ ।

प्रतिक्रिया