बिहीबार, वैशाख १३, २०८१

मोटोपना के हो ?

नेपालखोज २०७७ माघ १२ गते ११:११

अत्याधिक मात्रामा शरीरमा बोसो जम्मा भई मानव स्वास्थ्यमा पर्न गएको प्रतिकूल अवस्थालाई मोटोपना भनिन्छ । अत्याधिक क्यालोरीयुक्त खानेकुराहरूको सेवन, विलासी जीवनशैली,शारीरिक तथा मानसिक अभ्यासमा कमी लगायतका कारणले मोटोपनको समस्या देखा पर्छ ।
मोटोपन कारणहरूः
– खानेकुराको अत्याधिक मात्रामा सेवन गर्नु ।
– विलासी जीवनशैली ।
– एकैपटकमा धेरै खानेकुरा खानु ।
– रेशायुक्त खानेकुराहरूको प्रयोग कम गर्नु ।

मोटोपन घटाउने उपायहरूः
– रेशायुक्त खानेकुराहरूको प्रयोग अत्याधिक मात्रामा गर्ने ।
– केही समयको अन्तरालमा थोरै थोरै खानेकुरा खाने ।
– सकेसम्म धेरै चिल्लो खानेकुरा नखाने ।
– दैनिक रूपमा शारीरिक व्यायाम गर्ने ।
– फास्टफुडको प्रयोग सकेसम्म कम मात्रै गर्ने ।

मोटोपनाका असरहरूः
– उच्च रक्तचाप, मधुमेह लगायतका रोगको जोखिम बढ्नु ।
– स्मरणशक्ति कमजोर हुँदै जानु ।
– शारीरिक तथा मानसिक आलस्यता बढ्दै जानु ।

डाइटिङ बिना कसरी हटाउने तौल ?
– खाना पकाउने तरिका परिवर्तन गर्नु
– प्रोटिनयुक्त तथा फाइबरयुक्त खानेकुराहरूको प्रयोग बढी गर्ने ।
– दैनिक ८ घन्टा सुत्ने ।
– तनाव नलिने ।
– भिटामिन ‘डी’को पर्याप्त प्रयोग गर्ने ।

प्रतिक्रिया