बुधबार, वैशाख १२, २०८१

बालुवाटारमा प्रहरी र मानव अधिकारवादीबीच धरपकड, कृष्ण पहाडीसहित केही पक्राउ

नेपालखोज २०७७ माघ १२ गते १५:१५

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शनमा उत्रिएका मानव अधिकारवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रदर्शन गर्न पुगेका मानव अधिकारवादीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मानव अधिकारबादी कृष्ण पहाडीसहित रहेका छन् । त्यसक्रममा प्रहरीले बल प्रयोग गरेको हो ।

मानव अधिकार तथा शान्ति समाजले असंवैधानिक तवरले गरिएको प्रतिनिधिसभा विघटन र त्यसपछि केपी शर्मा ओली सरकारद्वारा अदालतलाई प्रभाव पार्न खोज्नेसहित राज्य संयन्त्र दुरुपयोगको काम भइरहेको भन्दै त्यसको विरोधमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा उनीहरुले ‘ओली सरकार किर्तेतन्त्र बन्द गर,’ ‘ओली सरकारः अदालतलाई प्रभाव पार्न गरिएको दुष्प्रयास बन्द गर,’ लगायतका प्लेकार्ड बोकेका थिए ।

प्रतिक्रिया