शुक्रबार, चैत १६, २०८०

चोरीका सामान सहित पक्राउ

नेपालखोज २०७७ माघ १२ गते १५:५२

कास्की । चोरी गरेको विभिन्न समान सहित पोखरा महानगरपालिका २६ बिजयपुरका किशोर शर्मा पक्राउ परेका छन् । पर्वत कुश्मा नगरपालिका ११ का २६ वर्षीय किशोर शर्मालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

कास्की पोखरा महानगरपालिका ५ धारापानी मार्ग डेरा गरी बस्ने गिता भुजेलको कोठाबाट माघ ६ गते दिउँसो औठी, सिक्री, मंगलशुत्र लगाएत बिभिन्न गहना चोरी भएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यलय बैदामबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न शर्मालाई पक्राउ गरेको हो ।

शर्माको साथबाट सुनको ३ थान तिलहरी, २ थान मंगलशुत्र, औंठी, सिक्री, मुन्द्रा, ग.१३ प ३७४७ नम्बरको स्कुटर, फलामको रड, कम्पास जस्तो देखिने फलामको टुक्रा र २ थान मोबाइल समेत प्रहरीले बरामद गरेको ।

उनी उपर चोरी तथा डाँका सम्बन्धि कसूर (नकबाजी चोरी) मुद्धामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

प्रतिक्रिया