बुधबार, वैशाख १२, २०८१

ला लिगा : गेटाफेविरूद्ध बिल्बाओको फराकिलो जित

नेपालखोज २०७७ माघ १३ गते १०:५७

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिक बिल्बाओले शानदार जित निकालेको छ । सोमबार राति भएको खेलमा बिल्बाओले गेटाफेलाई ५-१ को फराकिलो अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा एक गोलले पछि परे पनि बिल्बाओले उत्कृष्ट पुनरागमन गरेको थियो । खेलको पहिलो मिनेटमै मार्क कुकुरेल्लाले गोल गर्दै गेटाफेलाई अग्रता दिलाएका थिए ।

तर, खेलको १२औँ मिनेटमा राहुल गार्सियाले गोल गर्दै बिल्बाओलाई खेलमा फर्काए । ५०औँ मिनेटमा यारे अल्भारेजले गोल गर्दै बिल्बाओलाई २-१ को अग्रता दिलाए ।

गार्सियाले ६१औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा बिल्बाओ ३-१ ले अघि रह्यो । ७५औँ मिनेटमा एलेक्स बेरेनगुएरले गोल गर्दै घरेलु टोलीलाई ४-१ को अग्रता दिलाए ।

८२ औँ मिनेटमा ओस्कर डि मार्कोसले गोल गर्दा बिल्बाओ ५-१ ले विजयी भयो ।

जितसँगै २४ अंकसहित बिल्बाओ लिगको नवौं स्थानमा उक्लिएको छ । गेटाफे २३ अंकसहित १३औँ स्थानमा छ ।

प्रतिक्रिया