शुक्रबार, वैशाख १४, २०८१

२०३० को विश्वकप : आयोजनाका लागि इटाली र साउदी अरेबियाको पनि दाबी पेस

नेपालखोज २०७८ साउन २ गते ९:५६

काठमाडौं । सन् २०३० को विश्वकप फुटबल आयोजनामा इटाली र साउदी अरेबियाले संयुक्त दाबी गरेका छन् । संयुक्त रुपमा विश्वकप आयोजनाका लागि इटाली र साउदीले छलफल अघि बढाएको द एथ्लेटिकले जनाएको छ ।

सन् २०३० को विश्वकप आयोजकको घोषणा फिफाले सन् २०२४ मा मात्रै गर्ने जनाएको छ । यसअघि स्पेन र पोर्चुगलले पनि २०३० को विश्वकप आयोजनाका लागि संयुक्त रुपमा दाबी पेस गरिसकेका छन् ।

आउदो सन् २०२२ को विश्वकप कतार र २०२६ को विश्वकप तीन राष्ट्र अमेरिका, मेक्सिको र क्यानडामा हुने तय भइसकेको छ ।

प्रतिक्रिया