शनिबार, वैशाख १५, २०८१

मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि

नेपालखोज २०७७ माघ १३ गते ११:५३

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको हो ।

यसैगरी तेजावी सुन तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यस्तै मंगलबार चाँदीको मूल्य भने सामान्य घटेको छ । अघिल्लो दिन तोलामा १२६० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलामा १२५५ रुपैयाँमा कारोबार भएको हो ।

प्रतिक्रिया