बुधबार, वैशाख २६, २०८१

हुन्डाईको नयाँ वर्ष २०७८ योजना सार्वजनिक

नेपालखोज २०७७ चैत १९ गते ११:४५

काठमाडौं । हुन्डाईका लागि नेपालका आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘यो नयाँ वर्ष २०७८, हुन्डाई चढौं अघि बढौं’ योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत हुन्डाईको कुनै पनि गाडी खरिदमा आकर्षक छुट तथा विशेष सुविधा प्राप्त गर्न सकिनेछ ।

योजनाअन्तर्गत हरेक खरिदमा ग्राहकले आकर्षक नगद छुट, स्क्रयाच कार्डमार्फत २० हजारदेखि ७८ हजार रुपैयाँसम्मको अतिरिक्त छुट, १५ हजार रुपैयाँबराबरको लोयल्टी बोनस, एक लाख सम्मको एक्सचेन्ज बोनस तथा एक वर्षको बिमा सुविधा प्राप्त गर्न सकिन्छ । हुन्डाईले आफ्नो सम्पूर्ण गाडीमा ६ वर्षको निःशुल्क सर्भिस तथा तीन वर्षको वारेन्टी सुविधा उपलब्ध गराउँदै आएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभर १३ शोरुम तथा १७ सर्भिस सेन्टरमार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै पाँच ठूला अटोमोबाइल उत्पादकमध्येमा पर्छ । कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडौं ग्राहकको मन तथा विश्वास जित्न सफल भएको छ ।

प्रतिक्रिया