काठमाडाैं महानगरपालिकाद्वारा सहिद धर्मभक्तप्रति श्रद्धाञ्जली अर्पण

नेपालखोज २०७७ माघ १३ गते १४:२१

काठमाडौं । राणा शासनविरुद्धको संघर्षमा आफ्नो प्राणको आहुति दिने सहिद धर्मभक्त माथेमाको सालिकमा फूलमाला अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरिएको छ ।

सहिद सप्ताहको अवसरमा आज (मंगलबार) काठमाडौंको सिफलमा रहेको माथेमाको सालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली व्यक्त गरिएको हो । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलगायतले श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

जहाँनिया राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापनाको निम्ति संर्घषरत माथेमा वि.सं. १९६६ असोज ९ गते काठमाडौंको ओमबहालमा जन्मिएका थिए । जनतालाई प्रजातन्त्र दिलाउने उद्देश्यसाथ वि.सं. १९९३ साल जेठमा नेपाल प्रजा परिषद् स्थापना गरी प्रजातान्त्रिक आन्दोलनमा क्रियाशील उनलाई तत्कालीन श्री ३ जुद्धशमशेरको हुकुमी शासनबाट वि.सं. १९९७ साल माघ १३ गते सिफलमा झुन्ड्याएर फाँसी दिइएको थियो ।

सहिद माथेमाको सम्झना र सम्मानमा हरेक वर्ष माघ १३ गते उनको सालिकमा माल्यापर्ण गरी श्रद्धाञ्जली अर्पण गर्ने गरिन्छ ।

प्रतिक्रिया