मंगलबार, वैशाख ११, २०८१

केन्द्रीय समिति बैठकअघि कांग्रेस पदाधिकारीबीच छलफल

नेपालखोज २०७७ माघ १३ गते १५:०१

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकअघि मंगलबार पदाधिकारीबीच छलफल भएको छ ।

पदाधिकारीबीच केन्द्रीय समितिको एजेन्डामाथि छलफल भएको बताइएको छ ।

यसअघि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच छुट्टै छलफल भएको थियो ।

पौडेल समूह पार्टी महाधिवेशनको सुनिश्चितता र सरकारविरुद्ध आन्दोलनका कार्यक्रम थप सशक्त बनाउनुपर्ने पक्षमा छ । पदाधिकारीबीच छलफल भएपछि केन्द्रीय कार्यसमिति बैठक बस्नेछ ।

प्रतिक्रिया