मंगलबार, माघ १, २०८१

भक्तपुरमा बलात्कार गरी फरार बोहोरा रामेछापबाट समातिए

नेपालखोज २०७७ माघ १३ गते १५:४५

भक्तपुर । महिलाको कोठामा गएर बलात्कार गरी फरार रहेका रामेछाप मन्थली नगरपालिका–१० का ५१ वर्षीय भरत बोहोरालाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

मध्यपुर ठिमी नगरपालिका–३ गट्ठाघरमा डेरा गरी बस्ने बोहोरालाई प्रहरीले अदालतको आदेश लिई रामेछाप प्रहरीसँगको समन्वयमा मन्थली स्थित घरबाटै पक्राउ गरी भक्तपुर ल्याएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

भरतले यही माघ २ गते ३३ वर्षीया ती महिलालाई उनकै कोठामा जबर्जस्ती करणी गरेको भन्दै पीडित महिलाले माघ ३ गते उजुरी दिएपछि फरार बोहोराको प्रहरीले खोजी गरेको थियो ।

प्रहरीले आइतबार जिल्ला अदालतमा जबर्जस्ती करणी मुद्दा दर्ता गरी थप अनुसन्धान शुरु गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया