शुक्रबार, वैशाख १४, २०८१

एनएनआईपीए स्पोर्टस अवार्ड फागुन ८ गते

नेपालखोज २०७७ माघ १३ गते १६:२६

काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ एनएनआईपीए को आयोजनामा हुने एनएनआईपीए स्पोर्ट्स अवार्डको १५औं संस्करण आगामी फागुन ८ गते आयोजना हुने भएको छ ।

आयोजकले मंगलबार पत्रकार सम्मेलन गर्दै फागुन ८ गते मध्यपुर थिमि नगरपालिकामा आयोजना गर्ने जनाएको हो ।

यस वर्ष देखि राइजिङ प्लेयर अफ दि ईअर अवार्ड विधा थप गरिएको छ । त्यसको पुरस्कार राशी महिला र पुरुषको समान ५० हजार रुपैयाँ रहनेछ ।

एनएनआईपीएले हरेक वर्ष आयोजना गर्ने अवार्डमा वर्षको उत्कृष्ट खेलाडी पुरुष र महिलासहित विभिन्न विधामा खेलाडीलाई पुरस्कृत गरिँदै आएको छ ।

एनएनआईपीए सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले १ लाख रुपैयाँ प्राप्त गर्ने छन् । त्यस्तै प्रतिभावान महिला र पुरुष खेलाडीले ५० हजार पाउनेछन् । त्यसबाहेक विभिन्न खेलका एकरएक खेलाडीलाई एनएनआईपीए वर्ष उत्कृष्ट खेलाडी अवार्डबाट सम्मान गरिन्छ ।

१३‍औं सागमा समावेश २६ खेलबाट भविष्यमा उत्कृष्ट प्रदर्शन गर्ने सम्भावना भएको एक महिला र पुरुष खेलाडीलाई राईजिङ प्लेअर अफ दि ईअर अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

विभिन्न खेलका उत्कृष्ट हरेक खेलाडीले १० हजार पाउने गरेका छन् । अघिल्लो वर्षभर गरेको प्रदर्शनको आधारमा सम्बन्धित राष्ट्रिय संघले गरेको सिफारिसका आधारमा विभिन्न खेलका खेलाडीलाई एनएनआईपीए वर्षको उत्कृष्ट खेलाडी अवार्डबाट सम्मान गरिँदै आएको छ । ती उत्कृष्ट खेलाडीले सम्बन्धित संघ र एनएनआईपीएको सहकार्यमा समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

संघको सिफारिसमा उत्कृष्ट घोषित खेलाडी बाहेक अन्य विधाको विजेताका लागि एनएनआईपीएका मानार्थ अध्यक्ष दीपक विष्टको संयोजकत्वमा छनोट समितिले चयन गर्ने आयोजकले जनाएको छ ।

त्यस्तै १ खेलकर्मीलाई गजराज जोशी आदर्श खेलाडी र एक खेलकुद पत्रकारलाई एनएनआईपीए खेल पत्रकारिताबाट पनि पुरस्कृत गर्दै आइरहेको छ ।

एनएनआईपीएका अध्यक्ष दिपक श्रेष्ठले कोभिड महामारीका कारण अवार्ड गर्ने कि नगर्ने भन्ने दोधार भरहेका बेला स्वास्थ्य प्रोटोकल अपनायर अवार्ड गर्ने बताए । साथै पल्सर स्पोर्ट्स अवार्डको भव्य आयोजनाबाट प्रेरित भएर अवार्ड गर्न लागिएको बताए ।

मानार्थ अध्यक्ष दीपक विष्टले अवार्डलाई देशका विभिन्न सहरमा लैजान पहल गर्ने बताए ।

प्रतिक्रिया