शुक्रबार, वैशाख १४, २०८१

बाल्यकालको माया– साथीको कजन सँग प्रेम, विश्व च्याम्पियन लियोनल मेस्सीको प्रेम कहानी

नेपालखोज २०७९ पुष ५ गते १२:००

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी विश्व च्याम्पियन भएका छन् । जब अर्जेन्टिनाले फ्रान्सलाई हराएर इतिहास रच्यो, उनलाइ पूरै परिवारसँग खुसी मनाउँदै गरेको देखियो । लियोनल मेस्सीकी श्रीमती एन्टोनेला रोकुज्जो पनि अहिले ट्रेन्डमा छिन् । विश्वकप – २०२२ को फाइनल चलिरहेका बेला मैदानमा मेस्सीकी श्रीमती एन्टोनेला रोकुज्जो र तीन छोराछोरी उपस्थित थिए । विश्वकप सकिएपछि अवार्ड समारोह हुँदा लियोनल मेस्सीको सम्पूर्ण परिवार मैदानमा पुग्यो । जहाँ मेस्सीले उनिहरु सँग फोटो खिचाए र पूरै परिवारलाई साथमा राखेर विश्वकपको ट्रफीसँगै आफ्नो देसको जित सेलिब्रेट गरे । श्रीमती एन्टोनेला रोकुज्जोले पनि एउटा भावुक टुइट गर्दै मेस्सीलाई बधाई दिइन ।

लियोनल मेस्सी र एन्टोनेला रोकुज्जोको प्रेमकथा : मेस्सी र एन्टोनेलाको प्रेमकथा पनि विशेष छ, किनभने दुवै बाल्यकालदेखि नै सँगै थिए र अहिले सम्म यो यथावत छ । उनिहरुको पहिलो भेट ५ वर्षको उमेरमा भएको थियो । अर्जेन्टिनाको रोजारियोमा जहाँ मेस्सीले आफ्नो बाल्यकाल बिताए, त्यही ठाउँमा उनको भेट एन्टोनेलासँग भयो । लियोनल मेस्सी नेवेलको ओल्ड ब्वाइज क्लबबाट खेल्दा साथीको घरमा डिनर गर्न गएका थिए । त्यतिबेला उनको परिचय आफ्नो टिमका मिडफिल्डरका काका का छोरि एन्टोनेला रोकुज्जो सँग भयो । यद्यपि यो प्रारम्भिक मित्रता थियो । मेस्सी ११ वर्षको उमेरमा अर्जेन्टिना छोडेर बार्सिलोना गए । जब लियोनल मेस्सी बार्सिलोना सरे त्यस पछि एन्टोनेलासँग उनको भेट पनि रोकियो । सन् २००४ सम्म दुवै एक-अर्काबाट टाढा रहे तर त्यसपछि एउटा दुर्घटना भयो जसले उनीहरुलाई फेरि नजिक ल्यायो । वास्तवमा, एन्टोनेला रोकुज्जोको सबैभन्दा नजिकको साथीको कार दुर्घटनामा मृत्यु भएको थियो । उक्त घटनामा मेस्सीले रोकुज्जोलाई सान्त्वना दिए। यहीँबाट फेरि उनिहरुबीच कुराकानी सुरु भयो र दुवै फेरि साथी बने ।

सन् २००९ मा लियोनल मेस्सी र एन्टोनेला रोकुज्जोले आफ्नो सम्बन्ध सार्वजनिक गरेका थिए । सन् २०१२ मा दुवैको पहिलो छोरा जन्मिएको थियो । लियोनेल मेस्सी र एन्टोनेला रोकुज्जोले छोरा जन्मिएको पाँच वर्षपछि २०१७ मा विवाह गरेका थिए।

लियोनल मेस्सी र एन्टोनेला रोकुज्जोका तीन सन्तान थियागो मेस्सी, मातेओ मेस्सी तथा सिरो मेस्सी हुन । लियोनेल मेस्सीकी श्रीमती एन्टोनेला रोकुज्जो मोडल तथा व्यवसायी हुन् । सन् २०१६ मा उनले रिकी सार्कनीसँग मोडलिङ सम्झौता गरेकी थिइन् । सन् २०१७ मा उनले आफ्नो बुटिक चेन सुरु गरिन । एन्टोनेला रोकुज्जो लगभग हरेक खेलमा लियोनल मेस्सीलाई समर्थन गर्न मैदानमा उपस्तिथित हुन्छिन । कतारमा भएको विश्वकपमा पनि अर्जेन्टिनाका हरेक खेलमा एन्टोनेला रोकुज्जो उपस्थिति थिइन् ।

प्रतिक्रिया