शुक्रबार, वैशाख १२, २०८२

राजदूत अञ्जना शाक्यले कोरोना विरूद्धको पहिलो खोप लगाइन्

नेपालखोज २०७७ माघ १३ गते १६:३२

ईजरायल । ईजरायलका लागि नेपाली राजदूत अञ्जना शाक्यले कोरोना विरूद्धको पहिलो डोज खोप लगाएकी छिन् ।

हालसम्म ४० वर्ष वा सोभन्दा माथिका व्यक्तिहरुलाई खोप दिइरहेको भएपनि छिट्टै सबैलाई खोप दिने ईजरायल सरकारले निर्णय गरेको छ ।

ईजरायलमा खोपका लागि स्वास्थ्य विमा अनिवार्य गरिएको छ । बीमा नगरेका सबै ईजरायलमा रहेका सम्पूर्ण नेपालीहरुलाई बीमा गर्न शाक्यले अनुरोध गरेकी छिन् । सबैलाई खोप दिइने कारण शाक्यले सम्पूर्ण नेपालीहरुको तर्फबाट ईजरायल सरकारलाई उनले धन्यवाद प्रदान गरिन् ।

फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोभिड–१९ विरुद्धको खोप अहिलेसम्म ईजरायलमा २५ लाख भन्दा बढीले लगाईसकेका छन्। पहिलो चरणमा बढी उमेरका तथा कोभिडविरुद्धको लडाइँमा फ्रन्ट लाइनमा काम गर्नेहरुलाई प्राथमिकताको सूचीमा राखिएको छ।

त्यहाँ यो खोप निशुल्क लगाउन लागि स्वास्थ्य विमा संस्थानमा दर्ता हुनुपर्ने व्यवस्था रहेको छ । संस्थानमा दर्ता भएकाहरुलाई उमेर हेरी स्वास्थ्य बीमा कम्पनीहरुले खोपका लागि सम्पर्क गरिरहेका छन् ।

प्रतिक्रिया