काठमाडौंका सडकबाट ४० जनाको बेसहाराको उद्धार
नेपालखोज
२०७७ माघ १३ गते १९:३८

काठमाडौं । मानव सेवा आश्रमले काठमाडौंका विभिन्न स्थानबाट ४० जना बेसहाराको उद्धार गरेको छ । सोमबार राति र मंगलबार बिहान गरी काठमाडौंका विभिन्न स्थानबाट सहयोगापेक्षीको उद्धार गरेको हो ।
नौजना बालबालिकासहित ४० जना सहयोगापेक्षीको उद्धार गरेको मानवसेवा आश्रमले जनाएको छ । आश्रमका अभियन्ता रामजी अधिकारीका अनुसार सोमबार राति चाबहिल, बौद्ध, गोकर्णेश्वरलगायतका स्थानबाट १७ जनाको उद्धार गरिएको हो । उनले भने, ‘‘मंगलबार बिहान पशुपति मन्दिर क्षेत्रबाट नौजना बालबालिका र २३ जनाको उद्धार गरिएको छ ।’’
उद्धार गरिएका बालबालिकालाई बालबालिका खोजतलास केन्द्रको जिम्मा लगाइएको छ । अन्य व्यक्तिहरुलाई मानव सेवा आश्रमको काठमाडौं, भक्तपुर र ललितपुर शाखामा व्यवस्थापन गरिएको छ । नेपाल प्रहरी र काठमाडौं महानगरपालिकाको सहयोगमा उनीहरुको उद्धार गरिएको हो ।
सम्बन्धित
प्रतिक्रिया