तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई कोरोना दिइने : प्रधानमन्त्री ओली
नेपालखोज
२०७७ माघ १४ गते ११:५०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराइसक्ने बताएका छन् ।
बुधबार प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट भर्चुअल विधिबाट ‘कोभिसिल्ड’ खोपको शुभारम्भ गर्दै सबैलाई निःशुल्क खोप उपलब्ध गराउने बताएका हुन् ।
‘करिब तीन महिनाभित्र हामीले सम्पूर्ण नेपालीहरुलाई खोप उपलब्ध गराइसक्ने छौं । मेरो विचारमा तीन महिना लाग्न सक्छजस्तो लाग्छ,’ उनले भने । कोरोनाविरुद्धको खोप अभियान बुधबारबाट देशभर सुरु भएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी लगायतलाई खोप लगाउन सुरु गरिएको छ ।
भारत सरकारको अनुदानमा कोभिशिल्ड खोपको १० लाख डोज उपलब्ध गराइएको हो । खोप उपलब्ध गराएकोमा भारतीय समकक्षी नरेन्द्र मोदीलाई प्रधानमन्त्री ओलीले धन्यवाद दिए ।
सम्बन्धित
प्रतिक्रिया