शनिबार, जेठ ५, २०८१

भियतनामको ‘गोल्ड प्लेटेड’ होटल

नेपालखोज २०८० भदौ ५ गते १५:५७

काठमाडाैं । भियतनामको हनोईमा विश्वको पहिलो स्वघोषित ‘गोल्ड प्लेटेड’ होटल खुलेको छ । २० करोड अमेरिकी डलरको लागतमा बनेको यो होटलमा करिडोर र कोठादेखि कटलरी र ट्वाइलेट सिटसम्म सबै कुरा सुनले मढिएको छ । ‘डोल्से हनोई गोल्डेन लेक’ होटलमा सुनको कपमा कफी पिउन र सुनको बाथटबमा नुहाउन सकिन्छ । यसका लागि प्रति रात प्रती ब्यक्ति २५० डलर मात्र खर्च गरे पुग्छ ।

यो होटलको मालिक हो बिन्ह समूहका अध्यक्ष न्गुएन हुउ डुओङले सामान्य मानिसदेखि धनी सम्म सबैले यो होटलमा चेक-इन गर्न सकुन भन्ने चाहेका छन् ।

सुनको छत : यो २५ तले होटलमा पर्खालदेखि छतसम्म सुनको तह लगाइएको छ । खानामा पनि रहस्यमय सुनौलो पदार्थ मिसाएको होटल सञ्चालकहरुको भनाइ छ । सरकारले कोरोना पछिको देशव्यापी बन्दाबन्दी खुकुलो गरेलगत्तै होटल व्यवसायीहरुले यो होटल खोलेका हुन् ।

यो होटलको बाथरुमको सिङ्क र बाथटब पनि सुनले बनेको छ । पाहुनाहरू भन्छन् – यहाँ आफुलाई इजिप्टका राजा फैरो जस्तो महसुस हुन्छ । यो होटलमा एक इन्फिनिटी पूल पनि छ र त्यो पनि सुनले ढाकिएको छ। पोखरीमा बसेर सम्पूर्ण शहरको दृश्यावलोकन गर्न सकिन्छ।

सुनको प्लेटिङ गर्ने कारखाना आफ्नै भएकाले यो होटल निर्माणमा सोचेभन्दा कम खर्च गर्नुपरेको होटल सञ्चालकहरू बताउँछन् ।

पर्यटनमा कोरोना महामारीले पारेको असरप्रति होटल व्यवसायीहरु निरुत्साहित छैनन् । महामारी विरुद्ध भियतनामको रणनीतिको अत्यधिक प्रशंसा गरिएको छ। डोल्से हनोई गोल्डेन लेकका मालिकहरूले यो वर्ष देखि होटलमा आगन्तुकहरु बढने अपेक्षा गरेका छन् ।

प्रतिक्रिया