बागमती प्रदेशका १३ वटै जिल्लामा सुरु भयो कोरोना खोप अभियान
नेपालखोज
२०७७ माघ १४ गते १२:०४

हेटौँडा । बागमती प्रदेशका १३ वटै जिल्लामा आज (बुधबार)बाट एकसाथ कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ ।
हेटौंडा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रविण श्रेष्ठले कोरोनाविरुद्धको पहिलो ‘कोभिशिल्ड’ खोप लगाएका हुन् ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत हेटौँडा अस्पतालमा भएको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले स्वास्थ्यकर्मीहरुलाई खोप हस्तान्तरण गर्दै अभियान सुरुवात गरेका हुन् ।
कार्यक्रममा मुख्यमन्त्री पौडेलले सरकारको अथक प्रयासपछि जनतालाई कोरोनाविरुद्धको लडाइँ जिताउन सुरु गरेको बताए ।
भारत सरकारको अनुदानमा १० लाख डोज उपलब्ध गराइएको हो ।
सम्बन्धित
प्रतिक्रिया