मंगलबार, माघ १, २०८१

अवैध काठसहित १२ जना प्रहरी नियन्त्रणमा

नेपालखोज २०७७ माघ १४ गते १२:११

कर्णाली । इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले भेरीगङ्गा नगरपालिका–२ सप्तरीका १२ मसिनास्थित छिन्चुबाट सुर्खेत वीरेन्द्रनगर लगिँदै गरेको १ सय ४७ थान सालको चिरान काठसहित १२ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले गएराति १:४० बजेको समयमा सालको अवैध काठ लिएर छिन्चुदेखि वीरेन्द्रनगर सुर्खेत जाँदै गरेको लु २ ख २१० नंको ट्रक चालक भेरीगङ्गा नगरपालिका–२ सप्तरी निवासी १८ वर्षीय विकास केसीसहित १२ जनालाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

Advertisement

नियन्त्रणमा लिइएका अन्य व्यक्तिमा सोही वडाका १२ वर्षीय हिमाल खड्का, १३ वर्षीय योगराज बुढा र निराजन विक, १४ वर्षीय प्रदीप वली, १५ वर्षीय मदन भण्डारी र अम्मर डिसी, २० वर्षीय पदम खत्री र राम वली, २२ वर्षीय अनन्त बुढा, २५ वर्षीय तुलबहादुर वली र ३५ वर्षीय सोमबहादुर विक रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा छ बालक रहेका छन् । “अवैधरूपमा लैजाँदै गरेको १ सय ४७ थान सालको चिरान काठ नापतौल गर्दा ७७.६४ क्युफिट रहेछ”, उनले भने, “विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी नायब निरीक्षक डिल्लीबहादुर चन्दको नेतृत्वमा गएको आठ जनाको टोलीले ट्रक र ती व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि छिन्चु वन कार्यालयका रेन्जर भोजप्रसाद उपाध्यायको जिम्मा लगाइएको छ ।”

प्रतिक्रिया