बिहीबार, वैशाख १३, २०८१

अफगानिस्तानविरुद्ध टी-ट्वान्टी क्रिकेटमा आयरल्यान्ड ७ विकेटले विजयी

नेपालखोज २०७९ साउन २५ गते ६:५०

काठमाडाैं । अफगानिस्तानविरुद्धको पहिलो टी-ट्वान्टी क्रिकेटमा आयरल्यान्ड ७ विकेटले विजयी भएको छ ।

अफगानिस्तानले दिएको १६९ रनको लक्ष्य घरेलु टोली आयरल्याण्डले निर्धारित ओभरको अन्तिम बल बाँकी हुँदा ३ विकेट गुमाएर पूरा गरेको थियो । पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ७ विकेट गुमाएर १६८ रन बनाएको थियो ।

१६९ रनको जवाफी लक्ष्य पछ्याउने क्रममा आयरल्याण्डले १९.५  ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो । उसका दुई खेलाडीले अर्धशतकीय पारी खेले ।

प्रतिक्रिया