शुक्रबार, चैत १६, २०८०

प्रदेश २ का सबै जिल्लामा कोरोना खोप अभियान सुरु, मन्त्री यादवले लगाए पहिलो खोप

नेपालखोज २०७७ माघ १४ गते १२:४०

जनकपुरधाम । प्रदेश २ मा पनि कोरोनाविरुद्धको खोप लगाउन सुरु भएको छ । बुधबारबाट प्रदेश २ का ८ वटै जिल्लाबाट एकैसाथ यो अभियान सुरु भएको हो ।

अस्थायी राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा सुरु भएको अभियानअन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले पहिलो खोप लगाएका छन् । कानुन मन्त्री यावद कोरोना पोजेटिभ समेत भएका थिए ।

नडराई कोरोनाविरुद्धको खोप लगाउन सबैसँग आग्रह गर्दै यादवले भने– ‘खोपबाट साइड इफेक्ट छैन । न्यून छ । त्यही भएर डराउनुपर्ने र हच्किनुपर्ने अवस्था छैन । स्वास्थ्यकर्मी साथीहरुको सल्लाहको आधारमा खोप लिऊँ ।’

प्रतिक्रिया