बहस जति लम्बियो, सडक प्रदर्शन त्यति नै बढ्दै जाने : न्यायाधीश सिन्हा

काठमाडौं । न्यायाधीश अनिलकुमार सिन्हाले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस जति बढ्दै गयो, त्यति सडक प्रदर्शन पनि बढ्दै जाने बताएका छन् । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा न्यायाधीश सिन्हाले सो कुरा बताएका हुन् ।
सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटनविरुद्धको सडक प्रदर्शनमा सरकारले बल प्रयोग गरेको बताएका थिए । केसीले उक्त कुरा राखेपछि न्यायाधीश सिन्हाले रोक्दै मुद्दालाई छिटो टुंगोमा पु-याउनुपर्ने आशय व्यक्त गरेका हुन् ।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रतिनिधिसभा विघटनविरुद्धको नागरिक आन्दोलनमाथि प्रहरीले दमन गरेको विषयमा केसीले बहसका क्रममा उठाएका थिए ।
त्यसलगत्तै न्यायाधीश सिन्हाले यो मुद्दा जति लम्बिँदै गयो, बाहिर यस्ता क्रियाकलाप बढ्दै जाने बताएकी हुन् ।
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा गत आइतबारदेखि निरन्तर सुनुवाइ भइरहेको छ ।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।
प्रतिनिधिसभा विघट भएलगत्तै सर्वोच्च अदालतमा त्यसविरुद्ध १३ मुद्दा परेको थियो । आज ८ औँ मुद्दामा बहस भइरहेको छ ।

प्रतिक्रिया