बिहीबार, वैशाख १३, २०८१

माइतीघरमा प्रचण्ड–नेपाल समूहको धर्ना

नेपालखोज २०७७ माघ १४ गते १५:१०

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले बुधबार काठमाडौंको माइतीघर मण्डलामा धर्ना कार्यक्रम गरेका छन् ।

बुधबार विघटित प्रतिनिधि सभा सदस्य, संविधानसभा सदस्य तथा प्रदेश सभा सदस्यहरुले प्रतिनिधि सभा विघटनको विरोधमा प्रचण्ड–नेपाल समूहले धर्ना कार्यक्रम गरेका हुन् ।

प्रचण्ड–नेपाल समूहकी स्थायी कमिटी सदस्य तथा विघटित प्रतिनिधिसभा सदस्य पम्फा भुसालले असंवैधानिक रुपमा संसद् विघटन गरी देशलाई प्रतिगमनतर्फ फर्काउने उल्टो कमद सच्याउनको निम्ति धर्नामा बसेको बताइन् ।

यसैगरी विघटित प्रतिनिधिसभाका सदस्य हरिबोल गजुरेलले जनताले आफ्नो प्रतिनिधिमार्फत बनाएको संविधानमाथि हस्तक्षेप भएको बताए । संविधानको रक्षा गर्न र जनतालाई संविधानको रक्षाको निम्ति आउने विश्वासका साथ धर्नामा बसेको उनको भनाइ छ ।

आज बुधबारदेखि सुरु भएको धर्ना शनिबार बाहेक २१ गतेसम्म प्रत्येक दिन २ घण्टा बस्ने बताइएको छ ।

प्रतिक्रिया