सोमबार, पुष २९, २०८१

कुमारी बैंक र अश्री ज्वेलर्सबीच छुटसम्बन्धी सम्झौता

नेपालखोज २०७७ माघ १४ गते १५:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र अश्री ज्वेलर्स प्राइभेट लिमिटेडकाबीच छुट सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड वाहकहरुलाई अश्री ज्वेलर्सका डाईमन्डका गहनाको खरिदमा १५ प्रतिशतसम्म छुटको सम्झौता गरिएको छ ।

Advertisement

सम्झौतापत्रमा बैंकका तर्फबाट बागमती प्र्रदेश प्रमुख प्रविन झा र ज्वेलर्सका निर्देशक रवि कृष्ण श्रेष्ठले हस्ताक्षर गरेका छन ।

बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १५६ एटिएम, २३ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामीदिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया