शनिबार, वैशाख १५, २०८१

संसद् विघटनविरुद्ध बहस : प्रधानन्यायाधीश जबराले तोके समय

नेपालखोज २०७७ माघ १४ गते १६:५६

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा बहस गर्ने समय तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा बहस गर्ने समय तोकेका हुन् ।

संसद् विघटनविरुद्धको रिटमाथि बहस भइरहेका बेला प्रधानन्यायाधीश जबराले यस रिटमा बोल्न एक जना कानुन व्यवसायीलाई १० देखि १५ मिनेट मात्र समय दिन सक्ने बताए ।

इजलासको अन्तिममा जबराले भने–‘अब तपाईंहरुलाई १०–१५ मिनेटभन्दा बढता दिन्नौं, हठ पनि नगर्नुहोला ।’

प्रधानन्यायाधीश जबराले संसद् विघटनसम्बन्धी ६ वटा रिटमा सुनुवाइ हुन बाँकी रहेको भन्दै धेरै समय नलिन आग्रह गरेका हुन् ।

देव गुरुङसमेतको रिटमा वरिष्ठ अधिवक्ता डा. युवराज संग्रौला, शम्भु थापा, सुरेन्द्र महतो, शेरबहादुर केसी, अधिवक्ता मेघराज पोखरेललगायतले बहस गरिसकेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा यही माघ ४ गतेदेखि निरन्तर सुनुवाइ भइरहेको छ ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

संसद विघटनसम्बन्धी मुद्दामा संवैधानिक इजलासमा माघ ४ गतेदेखि विषयकेन्द्रित बहस भइरहेको छ । कुल १३ वटा रिट परेकामा हालसम्म ७ वटामा मात्र सुनुवाई भएको छ ।

प्रतिक्रिया