बुधबार, वैशाख २६, २०८१

२८ माघमा प्रचण्ड–नेपाल समूहले ओलीविरुद्ध अहिलेसम्मकै ठूलो प्रदर्शन गर्ने

नेपालखोज २०७७ माघ १५ गते ११:३५

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले माघ २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अहिलेसम्मकै ठूलो प्रदर्शन गर्ने भएको छ ।

बिहीबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको नेकपा प्रचण्ड–नेपाल समूहको केन्द्रीय संघर्ष समितिले आन्दोलनलाई अझ शसक्त बनाउने निर्णय गरेको नेता विष्णु रिजालले जानकारी दिए ।

गत पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपाको प्रचण्ड–नेपाल समूहले चरणबद्ध आन्दोलनका कार्यक्रम गर्दै आएका छन् । उनीहरुले संसद् पुनर्स्स्थापनाको विकल्प नभएको बताउँदै देशव्यापी विरोध प्रर्दशन र आमसभा आयोजना गर्दै आएका छन् ।

संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता र समानुपातिक प्रणालीको रक्षाका लागि आन्दोलन अपरिहार्य रहेकाले जनपरिचालन विकल्प नरहेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको भनाइ छ ।

नेता रिजालका अनुसार माघ २८ गतेको प्रदर्शनमा बढीभन्दा बढी जनता सडकमा ल्याउन पार्टीका तल्ला तहलाई निर्देशन दिइएको छ ।

यसअघि माघ ९ गते प्रचण्ड–नेपाल समूहले काठमडौंमा सरकारको गैर संवैधानिक कमदका विरुद्ध प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया