शुक्रबार, वैशाख १४, २०८१

भारतमा हल र थिएटरको सिट क्षमता बढाउन अनुमति

नेपालखोज २०७७ माघ १५ गते १५:२४

एजेन्सी । भारतको गृह मन्त्रालय (एमएचए) ले बुधबार कोभिड-१९ को नयाँ गाइडलाइन सार्वजनिक गरेको छ । जसमा भारतका हल र नाटकघरहरुलाई पनि प्राथमिकतामा राखिएको छ । नयाँ गाइडलाइन आउँदो फेब्रुअरी १ देखि फेब्रअरी २८ तारिखसम्म लागु हुनेछ ।

जसमा हलको हालको सिट क्षमता ५० प्रतिशतबाट बढाएर सञ्चालन गर्न सकिने उल्लेख गरिएको छ । यद्यपि कतिसम्म सिट क्षमता बढाउन पाइने भन्नेबारे स्पष्ट रुपमा उल्लेख गरिएको छैन ।

“सिनेमा हल र थिएटरले ५० प्रतिशत अकुपेन्सीमा सञ्चालन गर्न पाउने अनुमति पहिले पाइसकेका छन् । अब उनीहरुले सिट क्षमता बढाएर सञ्चालन गर्न पाउने अनुमति पाउँदै छन् । जसका लागि एमएचएसँग परामर्श गरेर सूचना तथा प्रसारण मन्त्रालयले संशोधित एसओपी जारी गर्दैछ,” एमएचएले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नयाँ गाइडलाइनले हल सञ्चालक, वितरक र हलमै चलचित्र रिलिज गर्न पर्खिरहेका निर्माताहरुलाई पनि धेरै राहत पुग्ने विश्वास गरिएको छ । कोरोनाका कारण बन्दा भएका सिनेमा हलहरु गएको मार्चको मध्यतिरबाट ५० प्रतिशत अकुपेन्सीमा खुल्न थालेका हुन् ।

प्रतिक्रिया