बिहीबार, वैशाख १३, २०८१

प्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीश आफैँ उपस्थित भएर जवाफ दिन सर्वोच्चको आदेश

नेपालखोज २०७७ माघ १५ गते १६:५५

काठमाडौं । अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले प्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधान्यायाधीशहरुलाई अदालतमा आफैँ उपस्थित भएर जवाफ दिन आदेश दिएको छ ।

विभिन्न अधिवक्ताहरुले प्रतिनिधिसभा विघटनका विषयमा दिएका अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै दिएको रिटको पहिलो सुनुवाइपछि बिहीबार न्यायाधीश डा. मनोज शर्माको एकल इजलासले यस्तो आदेश दिएको हो ।

“यसमा के कसो भएको हो, अवहेलनामा कारबाही किन हुनुनपर्ने हो,” सर्वोच्चको आदेशमा भनिएको छ, “म्याद प्राप्त भएको मितिले बाटाको म्यादबाहेक सात दिनभित्र सबै सबै व्यहोरा खुलाई आफैँ लिखित जवाफ पेस गर्नुहोला।” सबै रिटमा छुट्टाछुट्टै आदेश जारी गरेको सर्वोच्चको आदेशको व्यहोरा भने समान प्रकृतिको छ ।

प्रतिक्रिया