शनिबार, माघ ५, २०८१

सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट दर्ज्यानी चिन्ह प्रदान

नेपालखोज २०७७ माघ १५ गते १९:४३

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी उपरीक्षकबाट सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकर्रर भएका पाँच जना अधिकृतहरुलाई सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा माघ १५ गते आयोजित बिशेष समारोहमा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदको दर्ज्यानी चिन्ह प्रदान गरेका छन ।

Advertisement

सोही विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी नायव उपरीक्षक पदबाट सशस्त्र प्रहरी उपरीक्षक पदमा पदोन्नती भएका १५ जना अधिकृतहरुलाई समेत सशस्त्र प्रहरी उपरीक्षक पदको दर्ज्यानी चिन्ह प्रदान गरेका हुुन ।

नेपाल सरकार गृहमन्त्रालय गृहमन्त्रिस्तरको माघ १४ गतेको निर्णयले ५ जना अधिकृतहरु सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकर्रर भएका हुन भने नेपाल सरकार गृहसचिवस्तरको यही माघ १२ गतेको निर्णयले १६ जना सशस्त्र प्रहरी उपरीक्षक पदमा पदोन्नती भएका हुन ।

समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पदोन्नती वृत्तिविकासको महत्वपूर्ण पाटोको रुपमा रहेको चर्चा गर्दे उनीहरुले राज्य र संगठनलाई पुर्‍याएको योगदानको साथै व्यावसायिक क्षमता तथा कार्यदक्षताको मुल्यांकन गर्दै पदोन्नती गरिएको उल्लेख गरे ।

उनले बढुवा भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दे पदोन्नतीसँगै प्राप्त भएको उत्तरदायित्व तथा जिम्मेवारी पुरा गर्न पूर्णव्यावसायिक भई अनुशासित एवं जिम्मेवारी बोधकासाथ कार्यक्षेत्रमा कृयाशिल रहन निर्देशन दिए ।

प्रतिक्रिया